नेपाल-भारत र चिन सम्बन्ध

लक्ष्मण गौतम,

ओली सरकारले कमल थापा मार्फत भारतलाई पठाएको ४ बुदे प्रस्ताव होस वा प्रचण्ड सरकारले निधि मार्फत पठाएको पत्र होस दुवै गलत छन । एउटा सार्भौमसत्ता सम्पन्न देशको सरकारले छिमेकीलाई आफ्नो देशको समस्या र समाधानका बारेमा पत्र लेख्न कुनै जरुरी छैन । भारतलाई खुसि नबनाई नेपालमा कुनै पनि सरकार टिक्दैनन यो कटु सत्य पनि हो  । राणा देखि राजा ढल्न अनि १५ सालमा प्रजातन्त्र जान र ४६ सालमा फेरी प्रजातन्त्र आउँन साथै माओबादी को जन्म र १० बर्षे जनयुद्ध अनि ६२-६३ पछी को गणतन्त्र सबैमा भारत कै हात छ । ४६ सालमा भारतलाई नाकाबन्दी लगाउनका लागि गुहार्ने काँग्रेस-एमाले लगाएतका दल थिए भने ७३ सालको नाकाबन्दी का लागि मधेशबादी दलले भारतलाई गुहारे।

सत्तामा पुगेका राजा देखि काँग्रेस, एमाले, माओबादी सबैले भारतलाई खुसि बनाउनका लागि नेपालका खोला बेचेकै हुन  । वास्तवमा भन्ने हो भने नेपालमा भएका सबै नेता भारतीय दलाल हुन । हामीले चाहेर पनि ३ तिर भएको छिमेकी भारतलाई बदल्न सक्दैनौ तर भारतलाई नेपालको हितमा प्रयोग गर्न भने पक्कै सक्छौ  । हामी भन्दा सानो देश भुटानले भारतलाई प्रयोग गरेर २० हजार मेगावाट बिजुली निकाल्न सक्छ भने हामी किन सक्दैनौ ? यो हाम्रा असक्षम नेता अनि खराव कुटनितीको प्रतिफल हो । हामी हाम्रो स्वार्थ मिल्दा भारत संग लत्रिन्छौ र स्वार्थ नमिल्दा ४ हात उफ्रेर गाली गर्छौ  ।

नेपालका सबै राजनितीक पार्टीहरुले छिमेकीहरुसंग अझै बिशेष गरेर भारत र चिन संग कस्तो कुटनीतिक सम्बन्ध राख्ने भन्ने मा एउटै राष्ट्रिय साझा धारणा बनाउन अत्यन्तै आवस्यक छ  । भारत र चीनका सरकार फेरिन्छन तर उनीहरुको नेपाल हेर्ने दृष्टिकोण सधै एउटै रहन्छ तर हामी कहा ९-९ महिनामा सरकार फेरिन्छन र दृष्टिकोण पनि फेरिन्छ  । हाम्रो मुख्य समस्या नै यही हो किनकी हाम्रा राजनितीक पार्टीहरुले छिमेकी संग राख्ने कुटनीतिक सम्बन्ध र देशको बिकासका बारेमा एउटै साझा दृष्टिकोण बनाउनै सक्दैनन  । समस्या हामीमा छ तर हामी अरुलाई गाली गर्छौ र सम्बन्ध झन बिगार्छौ ।

बुटवल मणिग्राम

फेसबुकबाट तपाईको प्रतिक्रिया