नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

काडमाडौं, २३ फागुन, २०८१ । आज (शुक्रबार) नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले आइपीओ प्राप्त गरका छन् ।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। उक्त शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया