नेपाल रेमिट र रेमिट्ली बिच रेमिट्यान्स सम्झौता

बिजनेसपाटी १९ भदौ
नेपाल रेमिट इन्टरनेशनल प्रा लि ले अमेरिका, यू के र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ,, उक्त स्थान मा रहनुहुने नेपालीहरुले अब रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्त लाई आफ्नै मोबाईलबाट पैसा पठाउन र नेपालमा नेपाल रेमिट सँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टर हरु बाट सजिलै निकाल्न सक्नुहुने छ ।

रेमिट्ली को उच्च ब्यबस्थापनले नेपालमा नेपाल रेमिट सँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ र उत्कृष्ट किसिम का सेवाहरु थप गर्दै लैजाने जानकारी दिएका छन,
नेपाल रेमिट ले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु Xpress Money, WorldRemit, Instant Cash, Speed Remit, Cash Express, Alansari Exchange, Money Trans, Small World, Smart Money, Sigue, Money Trans, UNIStream,
र नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्ट हरु बाट सेवा दिदै आएको छ, भबिस्यमा अझै सहज र उत्कृष्ट सेवा दिन हामी निरन्तर अगाडि बढीरहेका छौ कम्पनी का सिइओ रितेश मित्तल ले जानकारी गराउनु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया