नेपाल लाइफको उपशाखा झापाको गौरादहमा

बिजनेसपाटी १० श्रावण ।
झापाको गौरादहमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा कार्यालय संचालनमा ल्याएको छ।
बीमा समितिका निमित कार्यकारी निर्देशक श्रीमान कार्कीले आज मंगलबार उपशाखाको उद्घाटन गरेका हुन् । उपशाखाको उद्घाटन गर्दै कार्कीले सो कार्यालयको स्थापनाबाट स्थानीयस्तरका बीमितले सेवा पाउने र बिमा बजारको विकासमा सघाउ पुग्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमाको पहुँच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालय स्थापना गर्न थालेको र चालु आर्थिक बर्षभित्र मुलुकको ७५ वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।  उनले कम्पनीका आम अभिकर्ता एवं कर्मचारीले बीमितको सर्वोपरि हितलार्इ ध्यानमा राखेर काम गरेकोले अग्रणी बन्न सफल भएको बताए ।  गत आर्थिक बर्षमा कम्पनीले कुल बिमाशुल्क आम्दानी करिब १२ अर्ब रुपैयाँ, जीवन बीमा कोष करिब ४० अर्ब रुपैयाँ तथा कुल लगानी करिब  ४७ अर्ब रुपैयाँ भन्दा बढि हासिल गरि समग्र जीवन बीमा क्षेत्रमा अग्र स्थान हासिल गर्न सफल भएको कम्पनी सचिब ओमप्रकाश पुडासैनीले जारी विज्ञप्तिमा उल्लेख छ।

सो आवसरमा गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले बीमा जागरणको आवश्यकता रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया