नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

काठमाडौं १७ चैत ।

नेपाल लाइफ इन्स्योरेन्सले थप दुई वटा अनलाइन सेवाको सुरुवात गरेको छ।

कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउनको निर्णय लम्ब्याएसँगै कम्पनीले अवधि पुगेका बीमालेखको दावी भुक्तानी गर्न सकिने गरि थप दुई वटा अनलाइन सेवाको सुरुवात गरेको हो। सेवाग्राहीहरुको लागि कम्पनीले अवधि पुगेको दावी भुक्तानी (म्याचुरिटी क्लेम) र अन्य दावी भुक्तानी सेवाको लागि अनलाइन सेवा सुरु गरेको छ।

म्याचुरिटी क्लेम मार्फत बीमितले आफ्नो बीमालेख कहिले समाप्त हुँदैछ भन्ने जानकारी पाउने र त्यसै अनुसार दावी भुक्तानीको प्रक्रिया अघि बढाउन सक्ने कम्पनी द्वारा जारि विज्ञप्तीमा उल्लेख छन्। क्लेम इन्टिमेसन अन्तर्गत बीमितले घरमै बसेर दावी भुक्तानीको सूचना कम्पनीलाई दिन सक्नेछन्। त्यसै सूचना अनुसार कम्पनीले दावी भुक्तानी प्रक्रियाको लागि कर्मचारी तोक्ने कम्पनीले जनाएको छ।

बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख,  शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने विज्ञप्तीमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया