नेपाल लाइफको १८औं बार्षिक साधारणसभाले पारित गर्यो बोनस शेयर, चुक्तापूँजी रु.४ अर्ब ३९ करोड पुग्यो

बिजनेसपाटी २८ चैत्र ।

नेपाल लाइफ इन्स्योरेन्सको बुधबार बीरगंजमा सम्पन्न अठारौं बार्षिक साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२८.५३ (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु.४ अर्ब ३९ करोड ६९ लाख पुगेको छ । त्यसैगरि साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी
आठ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ ।

इन्स्योरेन्सका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै उहाँले समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए । सो सफलतालाई लिएर सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना समेत ब्यक्त गरे । साथै उहाँले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे ।

सभाबाट आ.व.२०७३÷०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु स्वीकृत भएको छ । यसैगरि कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया