नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभासं घोषणा
बिजनेसपाटी २७ माघ
हालै ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ निष्काशन गरेको नेपाल लाइफ इन्स्योरेन्सले लाभाश घोषणा गरेको छ । आव २०७२/७३ को मुनाफाबाट २६.३१ प्रतिशत बोनस दिने प्रस्ताव कम्पनीले गरेको हो ।
बुधबार बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले ६१ करोड ९२ लाख बराबरको बोनस र कर प्रयोजनको लागि ३ करोड २५ लाख वितरण गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । उक्त प्रस्ताव कुल चुक्ता पुंजीको ३०.०८ प्रतिशत हो । जुन एफपीओ समेतलाई हिसाब गर्दा कुल चुक्ता पुंजीको २६.३१ प्रतिशत हो । सो प्रस्ताव बिमा समितिले स्वीकृत गरेपछि र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । एफपिओ प्राप्त गरेकाहरुले पनि बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया