‘नेपाल वायुसेवा निगम’ र ‘इसेवा फोन पे’बीच अनलाईन टिकेटिङका लागि सम्झौता

काठमाडौं ।
‘इसेवा फोन पे’. र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकेटिङका लागि सम्झौता भएको छ।

उक्त्त सम्झौता पत्रमा  निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र इसेवाका सिओओ रोशन लामिछानेले हस्ताक्षर गरे । सम्झौतासँगै सोमबारदेखि नै निगमको आन्तरिक तथा बाह्य उडानका टिकट इ-सेवाबाट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर,यति एयरलाइन्स्, सिम्रिक एयर, श्री एयरलाइन्स्, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो। निगमले दुर्इवटा वाइड बडी ल्याइसकेको छ।
इ-सेवा नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इ-सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । हाल इसेवामा ४६ वटा बैंक सदस्य  रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया