नेपाल सुरक्षित छ भन्दै जापानीले थाले अभियान

काठमाडौं ४ चैत्र
महाभूकम्पले ध्वस्त बनाएपछि पुनर्निर्माण भएको पहिलो विश्व सम्पदा हो, बौद्धनाथ स्तुप। त्यहीँबाट अब नेपाल सुरक्षित छ भन्ने अभियान थाले, केही जापानीहरूले। नेपाली पत्रकारमाझ ‘मेरी नेपाल’ अर्थात् ‘ह्याप्पी नेपाल’ लेखिएका टिसर्ट र बालबालिकाको हाँसोसहितको तस्विर भएको छातासहित बिहीबार अभियान थालिएको हो । भूकम्पपछि असुरक्षित महसुस गदै नेपाल भ्रमणमा आउन हिच्किचाउने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले अभियान सुरु गरेका हुन्। ‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका छन्। उनीहरूलाई नेपाल सुरक्षित छ, नेपाली खुशी छन्। तिमीहरू नेपाल आउनुपर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो काोजीले भने। कान्तिपुरमा समाचार छ.
नेपाल सुरक्षित छ र नेपाली खुशी छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्देश्य हो। ‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रोछ, भूकम्पको पीडालाई पराजित गर्दै विकासको बाटोमा लागेका छन् भन्ने मेरो नेपाल अभियानको मुख्य सन्देश हो’ कोजीले भने। यही सन्देश फैलाउन जीसीआई फाउण्डेसनले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा ५० पत्रकारले अभियानमा ऐक्यबद्धता जनाएका थिए। बौद्धनाथ स्तुपबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्विर खिचिएको छ। ती तस्विरलाई अमेरिका, युरोपलगायतका ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणको निम्तो दिइने अभियानकर्ता कोजीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया