नेपाल सेवा लघुवित्तको आईपीओ आउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_852,h_640/https://businesspati.com/wp-content/uploads/2017/10/nepal-sewa.jpg)
काठमाडौं, २५ असोज ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । शेयर निष्कासनका लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
मंगलबार बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा सेवा लघुवित्त र बिक्री प्रबन्धकबीच सम्झौता भइ लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । हाल लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैंया रहेको छ ।
०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार शुरु गरेको लघुवित्तले हालसम्म ४ हजार सात सय जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गरेको छ । लघुवित्तले सिन्धुपाल्चोक,रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया