नेप्सेको प्रमुख कार्यकारीको लागि आबेदन माग
बिजनेसपाटी १७ श्रावण
नेपाल स्टक एक्सचेञ्जमा रिक्त रहेको प्रमुख कार्यकारीको पदपूर्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट गरिने भएको छ । सोको लागि अर्थन्त्रालयले १५ दिन भित्र दरखास्त मागेको छ ।
गत असार २५ मा तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त थियो ।
माग गरिए अनुशार नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण गरेर धितोपत्र बजार, पुँजी बजार, बैंकिङ वा वित्तिय क्षेत्रमा ५ बर्षको अनुभव भएका र ३० बर्ष पुरा भई साठी बर्ष ननाघेका व्यक्तिहरुले आवेदन दिन सक्नेछन ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ हजार शब्दमा आफ्ना व्यवसायीक योजना समेटेर अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन महाशाखामा पेश गर्नुपर्नेछ । दरखास्त दिन चाहने उम्मेदवारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा १५ दिनभित्र अर्थात साउन ३१ गतेसम्म दरखास्त दिनु पर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया