नेप्सेको यस्तो आयो नयाँ व्यवस्था

बिजनेसपाटी २१ माघ

दोस्रो बजार कारोबार थप सहज बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नियमित कारोबार समयमा नै १० कित्ता भन्दा कमको धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गरेको छ ।  नियमित समयमा हुने अडलट कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था समेत मिलाइएको  छ ।  माघ २३ गते आइतबार देखि यो व्यवस्था लागु हुनेछ ।  यसबाट लगानीकर्ता थप लाभान्वित हुने विश्वास नेप्सेले लिएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया