नेप्सेमा आज कीर्तिमानी कारोबार

बिजनेसपाटी सम्बाददाता 

काठमाडौँ ५ जेठ ।

बुधबार नेप्से दोहोरो अंकले बढेर कारोबार रकमले रेकर्ड बनाएको छ।  मंगलबारको कारोबारमा १६.१७ अंकले बढेको नेप्से आज बुधबार १२.७३ अंकले बढेको छ। कारोबारमा आज  आएका सबै जसो समुहका सूचक बढेका छन्।  बिमा समुहको सूचक १०९।५२ अंकले बढेको छ । तेसैगरि बाणिज्य बैंक समूह १५।२७ अंकले उकालो लागेको छ। बुधबार जम्मा १३६ कम्पनीका १४ लाख २३ हजार ४ सय ५६ कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब २ करोड ७० लाख १८ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ । सबै भन्दा बढी नेशनल इन्सुरेन्सको १५ करोड ४२ लाख बराबरको कारोबार भएको छ।  बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक,ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक रहेका छन। आजको कारोबारमा कमाउनेमा काबेली विकास बैंक, एनएमबि बैंक, सानिमा बैंक , तारागाउँ रेजेन्सी, प्यासिफिक डेभलपमेन्ट बैंक, वोमी माइक्रोफ़ाइनान्स वित्तीय संस्था, एनएएलजी इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्सका लगानीकर्ता रहेका छन् भने  गुमाउनेमा साझा विकास बैंक,काष्टमण्डप डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक राप्तिभेरी विकास बैंक, रुरल माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया