नेप्सेमा आज दोहोरो अंकको वृद्धि, बाणिज्य बैंक समूहको अग्रता

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ १२ असार

आइतबार नेप्से दोहोरो अंकले बढेको छ। बाणिज्य बैंकहरुले लिड गरेको नेप्से १८.५८ अंकले बढेर १६८५.१७ को विन्दुमा पुगेको छ। कारोबारमा बाणिज्य बैंक, डेभलपमेन्ट बैंक र फाइनान्स समूहको सूचक बढेका छन्। विमा लगायत अन्य कम्पनीको सूचकहरु भने ओरालो लागेका छन।

आज आइतबार १३५ कम्पनीको ६३ लाख बराबरको शेयर खरिद विक्रीबाट १ अर्ब ६० करोड रुपयाँ बराबरको कारोबार भएको छ।  आज सबै भन्दा बढी लुम्बिनी जेनेरल इन्सुरेन्सको ११ करोड २२ लाख रुपैयाँ बराबर कारोबार भएको  भने  एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, एसबिआई बैंक, एनएमबि बैंक, बुटवल पावर कम्पनीको पनि राम्रो कारोबार भएको  छ ।

आज कमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक, साझा विकास बैंक, प्रोग्रेसिब फाइनान्स अल्पाइन डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंकका लगानीकर्ता रहेका छन । गुमाउनेमा प्रोफेशनल दियालो विकास बैंक, भार्गब विकास बैंक संस्थापक, सानिमा माइ हाइड्रो, , रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोका लगानीकर्ता रहेका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया