नेप्सेमा आज यी ९ कम्पनीका लगानीकर्ताले बढी कमाए

बिजनेसपाटी सम्बाददाता,
काठमाडौँ,१९ असार
नेप्से आज सामान्य अंकले ओरालो लागेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ। कारोबारमा आएका समुहगत सूचकमा विमा,बैंक तथा हाइड्रो घटेका छन् । बाँकी अन्य सूचक बढेका छन। आइतबारको कारोबारमा विकास बैंक सूचकले नेप्से थप ओरालो लाग्नबाट जोगाएको छ।
आइतबारको कारोबारमा १३७ कम्पनीका झन्डै २१ लाख बराबरको शेयर खरिद बिक्रिबाट १ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयरको १० करोड भन्दा बढीको कारोबार भएको छ।
अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्सुरेन्स,फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, रुरल माइक्रो फाइनान्स, नेशनल लाइफ इन्सुरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक रहेका छन।
आज कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स संस्थापक,एनआइडीसी क्यापिटल मार्केट, नयाँ नेपाल लघुवित्त, मिथिला लघुवित्त, अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन्। त्यस्तै गुमाउनेमा साझा विकास बैंक, हामा मर्चेन्ट एण्ड फाइनान्स, नेपाल लाइफ इन्सुरेन्स, भर्गब विकास बैंक,आइसीएफसी फाइनान्स रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया