नेप्सेमा आज ६.८१ अंकको वृद्धि

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २६ असार

आज आइतबार नेप्से ६.८१ अंकले बढेको छ । आइतबार कारोबारमा आएका समुहगत सूचकमा हाइड्रोपावर र इन्स्युरेस बाहेक सबै सूचक बढेका छन्  ।   इन्स्युरेन्सको सूचक सबै भन्दा बढी ४८.१६  अंकले घटेको छ । आइतबारको कारोबारमा १४५ कम्पनीका झन्डै २२ लाख बढी शेयर खरिद बिक्रिबाट १ अर्ब ४३    करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबै भन्दा धेरै एभरेष्ट बैंक लिमिटेडको   ११ करोड  बढीको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर, नेपाल बंगलादेश बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट, नेपाल लाइफ इन्स्युरेन्स  रहेका छन् ।

आइतबारको कारोबारमा कमाउनेमा कस्मोस डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक लिमिटेड, मनास्लु विकास बैंक लिमिटेड, यति डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन्। त्यस्तै गुमाउनेमा  नमस्ते वित्तीय संस्था लिमिटेड, एनएलजी इन्स्युरेन्स कम्पनी, कन्चन डेभलपमेन्ट बैंकका संस्थापक शेयर , राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडका लगानीकर्ता  रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया