नेप्सेमा आज ८ अर्ब ५९ करोडको कारोबार

काठमाडौं १८ जेठ,२०७८ ।
नेप्सेमा दोहोरो अंकले घटेको छ । आज मंगलबार नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा अडिएको छ ।

शेयर बजारमा आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

आज बजारमा शेयरमूल्यमा उच्च बृद्धि हुनेमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । आज नेपाल रि–इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया