नेप्सेमा झन्डै २ अर्ब बराबरको कारोबार, हर्नुस कसले कति कमाए

विजनेसपाटी संबाददाता,

काठमाडौँ ९ असार

नेप्से बिहिबार दोहोरो अंकले बढेर झन्डै २ अर्ब बराबरको कारोबार भएको छ। आज बिहिबार पनि १८.७८ अंकले बढेर १६६६.२९ को बिन्दुमा पुगेको छ। बाणिज्य बैंक सूचक २३.१७ अंकले बढेको छ भने बिमा सूचक ६९.६९ अंकले उकालो लागेको छ। कारोबारमा आएका १३५ कम्पनीका ३२ लाख २१ हजार बराबर शेयर खरिद बिक्रिबाट १ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सबै भन्दा बढी नेशनल लाइफ इन्सुरेन्सको १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अन्य बढी कारोबार हुनेमा सानिमा माइ हाइड्रोपावर, शिखर इन्सुरेन्स, लुम्बिनी जेनेरल इन्सुरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक रहेका छन। चार्टड बैंकको एफपीओ निष्काशनको चर्चासंगै बैंकको शेयरमा लगानिकर्ता झुम्मिएका छन। बैंकको शेयर  मूल्य ९.३८ प्रतिशतले बढेर ३६ सय ७५ रुपियाँ पुगेको छ भने चार्टडका लगानिकर्ताले प्रति कित्ता ३ सय १५ रुपैयाँ कमाएका छन।

बुधबारको कारोबारमा कमाउनेमा राष्ट्रिय विमा कम्पनी संस्थापक शेयर, अरुण भ्याली हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्स, स्ट्यान्डर्ड चार्टड बैंक, रिडी हाइड्रोपावरका लागनिकर्ता रहेका छन। गुमाउनेमा रप्तिभेरी विकास बैंक, सिनर्जी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, प्रुड़ेन्शियल इन्सुरेन्सका लगानिकर्ता रहेका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया