नेप्सेमा तीन संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं २१ चैत्र  ।

नेपाल स्टक एक्सचेन्जमा तीन संस्थाको बोनस सेयर सूचिकृत भएको छ । स्टक एक्सचेन्जका अनुसार पश्चिमान्चल फाइनान्सको ४ लाख ५५ हजार २ सय ६० कित्ता बोनस सेयर,  महिला सहयात्रा माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता बोनस सेयर र जानकी फाइनान्सको ३ लाख १० हजार ७ सय ८१ कित्ता बोनस सेयर पनि स्टकमा सूचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया