नेप्सेमा दोहोरो अंकको गिरावोट

बिजनेसपाटी २७ माघ
आज बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । आज कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बजार आज २६.७५ अंकले घटेर १२९६.२३ को बिन्दुमा रोकिएको छ। कारोबारमा आएका कुल १३४ कम्पनीका १ करोड ५४ लाख १४ हजार सेयर खरिद बिक्रिबाट ५७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ।
आज तीनवटा सामुहिक लगानीकोषका एक करोड ४५ लाख इकाईको किनबेच भएपछि कारोबार रकम अघिल्लो दिनको भन्दा झण्डै दोब्बर भएको हो । बिहीबारको कारोबारमा सिद्दार्थ ईक्विटी ओरियन्टेड स्किमको मात्र ५ करोड ६४ लाखको कारोबार भएको छ ।
आजको कारोबारमा मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनि संस्थापक शेयर, सिनर्जी फाइनान्स, राष्ट्रिय बिमा कम्पनि, युनियन फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन। गुमाउनेमा एभरेस्ट इन्स्योरेन्स, हिमालयन जनरल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रुडेन्शियल इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स,लगायतका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया