नेप्सेमा दोहोरो अंकको वृद्धि, आजको कारोबारमा ९ बाणिज्य बैंक अगाडि

बिजनेसपाटी ६ श्रावण

आज  नेप्से दोहोरो अंकले बढेको छ । कारोबार रकममा समित अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बजार खुलेको केहि समयमा घटेर रातो बनेको नेप्से ११।९९ अंकले बढेर १७९८।८३ को बिन्दुमा पुगेको छ। आज बिहिबारको कारोबारमा हाइड्रो सूचक बाहेक अन्य सबै सुमुहका सूचक बढेका छन।  आज १४१ कम्पनीका ३१ लाख ५४ हजार शेयर खरिद बिक्रिबाट १ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सिद्दार्थ बैंक आज पनि कारोबार बढी हुनेमा पहिलो स्थानमा रहेको छ। सिद्दार्थ बैंकको मात्रै १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा बाणिज्य बैंकहरु जसमा नेपाल बैंक,  शिखर इन्सुरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक,माछापुच्छ्रे बैंक, मेगा बैंक रहेका छन।nepse today

आजको कारोबारमा कमाउनेमा रप्तिभेरी विकास, किसान माइक्रोफाइनान्स, बोटलर्स नेपाल (तराइ), नेपाल कम्युनिटी डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट बैंक, कैलाश विकास बैंकका लगानिकर्ता रहेका छन। गुमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट, नयाँ नेपाल लघुवित्त, सम्मिट माइक्रोफाइनान्स,एनएमबि माइक्रोफाइनान्स लघुवित्तका लगानिकर्ता रहेका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया