नेप्सेमा दोहोरो अंकको वृद्धि, आज १०८ करोडको कारोबार

काठमाडौं । आज बिहिबार १५०७ अंकसम्म पुगको सेयर बजार अन्तिममा भने १५०० अंक तलै बन्द भएको छ । बजार २.९१ अंकसम्मले बढेर १४९९.३२ अंकमा बन्द भएको छ ।

दोहोरो अंकले बढेको बजार बीचमा भने केही कमजोर देखियो ।  कारोबार रकम भने १०८ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ । दिनभरीमा १३४ कम्पनीका १९ लाख ६३ हजार ११७ कित्ता सेयर किनबेच भएको छ ।

उत्पादनमूलक समूह करिव ३५ अंकले घटेपनि बाँकी समूह हरियो भएको छ । अन्य सुचक स्थिर छ । बिमा ३४ अंकले बढेको छ भने बैकिङ सवा एक अंकले मात्र उक्लियो ।

आज  सेञ्चुरी बैंकको सेयरमा चहल पहल देखिएको छ । माछापुच्छ्रे बैंकसँगको मर्जर प्रकृयाबाट वाहिरिएको जनता बैंकसँग गाभिने चर्चाले सेञ्चुरीमा लगानीकर्ताको चहलपहल बढेको हो । बैंकको सेयर मूल्य पाँच प्रतिशतभन्दा वढिले उक्लिएको छ । सेञ्चुरीको पाँच करोड ५६ लाखको किनबेच भएको छ । सबैभन्दा ठूलो कारोबार भने नेशनल लाइफको भएको छ । ‘बम्पर’ वोनसको हल्लाले कम्पनीको कारोवार बढेको हो । कम्पनीको नौं करोड ८५ लाखको सेयर किनबेच भएको छ । एनबी बैंकको पाँच करोड ६ा३ लाखको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको पनि चार करोड १७ लाखको किनबेच भएको छ । बिहीबार कावेली विकास र प्यासिफिक डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए भने वढि गुमाउनेमा साझा विकास र सेती फाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया