नेप्सेमा सामान्य सुधार 

काठमाडौँ १४ माघ

धितोपत्र बजारमा आज शेयर कारोबारमा सामान्य बढोत्तरी भएको छ । स्टकका अनुसार नेप्से परिसूचक १ दशमलव ४२ बिन्दुले बढेर एक हजार ४०५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ६ अंकले बढेर २९७ दशमलव ०१ बिन्दुमा पुगेको छ ।

आज कूल १५८ कम्पनीको आठ लाख ५१ हजार ३२५ कित्ता शेयर रु ३५ करोड ४७ लाख २१ हजार ७४८ मूल्यमा कारोबार भएको छ । आज बैंकिङ समूह र विकास बैंक समूहले नेप्से परिसूचकलाई सामान्य अंकले वृद्धि गर्न बल पु¥याएको हो । बैकिङ ५ दशमलव ९२ र विकास बैंक ४ दशमलव ७६ अंकले बढ्दा व्यापार १० दशमलव ३९, होटल २८ दशमलव ०२, जलविद्युत् १६ दशमलव ९२, फाइनान्स २ दशमलव ७५, बीमा १२ दशमलव ४९, उत्पादन ९ दशमलव ३९, अन्य ३ दशमलव ०३ र माइक्रोफाइनान्स ५ दशमलव ४५ बिन्दुले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया