नेप्सेमा सुधार,२२ अंकले बढ्यो बजार

बिजनेसपाटी ३२ श्रावण

नेप्से आज मंगलबार २२.६४ अंकले बढेर १७१७.४५ को बिन्दुमा पुगेर रोकिएको छ। नेप्से पहिलो २ दिनमा ८० अंकले घटेको थियो ।   आज  कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक देखिएका छन् । आज १४३   कम्पनीका२०  लाख ३८  हजार शेयर खरिद बिक्रिबाट  १ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  आज  नेपाल बंगलादेश बैंक बढी कारोबार हुनेमा अगाडी रहेको छ।  बंगलादेश बैंकको मात्र आज  ७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा लुम्बिनी जनरल कम्पनी लिमिटेड,नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड,एभरेष्ट बैंक लिमिटेड , माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् । आजको कारोबारमा कमाउनेमा  सिद्दार्थ डेभलपमेन्ट बैंक लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आईसिएफसी फाइनान्स लिमिटेड, लुम्बिनी फाइनान्स लिमिटेड, , किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।  त्यस्तै गुमाउनेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड, नयाँ नेपाल लघुवित्त विकास बैंक, युनियन फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन्   ।

फेसबुकबाट तपाईको प्रतिक्रिया