नेप्सेमा १४ लाख ७२ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं १७, फागुन २०७७।
नेप्सेमा मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ । उक्त बोनस वापतको १४ लाख ७२ हजार ६३६ दशमलव २७४६ कित्ता बोनस शेयर कम्पनीले सोमवार सूचीकृत गराएको हो ।
मंगलबारदेखि दोश्रो बजारमा कारोबार हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । उक्त बोनस शेयर कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया