नेप्सेले सेयर कारोबारको समय १ घण्टा थप्यो, ११ बजे देखि कारोबार गर्न पाउने

काठमाडौं ३१ असार।
नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको समय १  घण्टा थप गरेको  छ । आउदो आइतबारदेखि आब सेयर बजार ११ बजे खुल्ने भएको छ भने  ३ बजे बन्द हुनेछ । विहीबार बसेको  नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिको बैठकले कारोबार समय एक घण्टा बढाउने निर्णय गरेको हो । ‘ विशेषगरी साना लगानीकर्ताले हामीलाई समय नपुगेको गुनासो गरेका थिए, स्टक एक्सचेन्जका महाप्रबन्धक सिताराम थपलियाले भने,१  घण्टा समय थप्दा कारोबारका लागि समय पुग्छ भनेर थपिएको हो ।’nepse
कारोबार समय थपेको जानकारी स्टक एक्सचेन्जले अर्थमन्त्रालय, धितोपत्र बोड, ब्रोकर कम्पनीहरु र लगानीकर्तालाई दिइसकेको छ ।
 सयम थपेपछि कारोबार रकम र संख्यामा थप  बृद्धि हुने अनुमान स्टक एक्सचेन्जको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया