नेप्से उकालो लाग्दा कसले कती कमाए ?

काठमाडौँ २४ जेठ ।

आइतबार झन्डै ३५ अंकले ओरालो लागेको नेप्से आज सोमबार भने ३३.६६ अंकले बढेर १५१६.८० को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका समुहगत सूचकमा होटेल समूह बाहेक सबै भन्दा बढी विमा सूचक १७५.३५ अंकले बढेको छ भने बाणिज्य बैंक समूह ३८.०१ अंकले बढेको छ।

बजारमा फैलाइएका विभिन्न हल्लाहका कारण नेप्सेमा एकै दिन झन्डै ३५ अंकले आएको गिरावट दोस्रो दिनको कारोबारमा रिकभर भएको छ। बजारमा राष्ट्रबैंकले सेयर धितो कर्जामा कडाइ गर्न सक्ने, बैंक तथा वित्तीय सस्थासम्बन्धि ऐन पारित भएपछी पुंजी बजारमा शेयरको सप्लाइ बढ्ने जस्ता चर्चा चलाएर फाइदा उठाउन चाहने हाबी भएपछि केहि लगानीकर्ता डराएकाले बजारले एकै दिन धेरै अंक गुमाएको विश्लेषण गरिएको छ।

आज १३४ कम्पनीका १६ लाख १२ हजार ६ सय २८ कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब १५ करोड १८ लाख ४४ हजार २४ रुपैयाँको कारोबार भएको छ। जसमा सबै भन्दा बढी सानिमा बैंकको २४ करोड ३४ लाख रुपयाँ बराबरको कारोबार भएको छ।

अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, सोल्टी होटेल, सिटिजन बैंक रहेका छन। आजको कारोबारमा कमाउनेमा वोमी माइक्रोफाइनान्स, कन्ट्री डेभलपमेन्ट बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्रिमियर इन्सुरेन्स, रप्तिभेरी विकास बैंकका लगानीकर्ता रहेका छन। त्यस्तै गुमाउनेमा मनास्लु विकास बैंक, नमस्ते वित्तीय संस्थाजेबिल्स फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया