नेप्से कारोबार गर्नेले पाउनेछन् यी तीन कम्पनीको लाभांश

काठमाडौ १३ फागुन, २०८१ । आज (मंगलबार) दुई ठूला बीमा कम्पनीको लाभांश र एक हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन हो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि तथा हकप्रद शेयर निष्कासन प्रयोजनका लागि दोर्दी खोला जलविद्युत कम्पनीले यही फागुन १५ गते बुकक्लोज गर्दैछन् ।

बुधबार (फागुन १४ गते) महाशिवरात्री पर्वको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले दुई बीमा कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न तथा दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिन योग्य मानिनेछन् ।

आइएमई लाइफ इन्स्योरेन्सले फागुन २५ गते (आइतबार) काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान ११ बजेदेखि आफ्नो आठौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। उक्त सभाले चालु चुक्ता पूँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्ने जस्ता प्रस्तावहरु पारित गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया