नेप्से कीर्तिमानी उचाइमा, आज कारोबार बढी हुनेमा बैंक-बिमा अगाडी

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ १४ असार

आज मंगलबार नेप्से दोहोरो अंकको वृद्धिसंगै कीर्तिमानी उचाइमा पुगेको छ ।। आज  कारोबार रकममा समेत  सुधार आएको बजारमा बैंक, बिमा लगायतका सबै सूचक हरियो बनेर नेप्से ११।३५ अंकले बढेर १७२४।१९ को कीर्तिमानी उचाइमा पुगेको छ।

आज कारोबारमा आएका १३६ कम्पनीका ४९ लाख बराबरका शेयर खरिद बिक्रि गरेका थिए । आज  १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।  सबै भन्दा बढी एनएमबि बैंकको ८ करोड ९२ लाख बराबरको कारोबार भएको छ भने अन्य बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमई बैंक,लुम्बिनी जेनेरल इन्सुरेन्स, एसबिआइ बैंक, नेशनल लाइफ इन्सुरेन्स लगाएत रहेका छन।

आजको कारोबारमा कमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, भार्गब विकास बैंक, नेपाल ग्रामिण विकास बैंक, प्रोफेशनल दियालो विकास बैंक, एनआइडीसी क्यापिटल मार्केटका लगानीकर्ता रहेका छन। आजको कारोबारमा गुमाउनेमा कसमस डेभलपमेन्ट बैंक, युनिक फाइनान्स, युनियन फाइनान्स, कालिका माइक्रोक्रेडिट, हामा मर्चेन्ट लगाएतका लगानीकर्ता रहेका छन। सोमबारको तुलनामा सेयर बजारमा ठुलो सुधार आएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया