नेप्से कीर्तिमानी उचाईमा, २ अर्ब भन्दा बढिको कारोबार (हर्नुस कस-कसले कमाए )

बिजनेसपाटी,काठमाडौँ  ४ श्रावण 

आज मंगलबार नेप्से कीर्तिमानी उचाईमा पुगेको छ । तेस्तै २ अर्ब भन्दा बढिको कारोबार भएको छ । आज मंगलबार बजार खुलेको पहिलो आधा घन्टामा नै १८०० को बिन्दु पार गरेको नेप्से १३.९० अंकले बढेर १८००.४७ को बिन्दुमा पुगेको छ।

आज विमा सहित हाइड्रो समूह घटेको छ भने अन्य सूचकहरु बढेका छन। बाणिज्य बैंकहरुको सूचक ३५।४८ अंकले बढेको छ। आज कारोबारमा आएका १३९ कम्पनीका २९ लाख बराबरको शेयर खरिद बिक्रिबाट २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सबै भन्दा बढी आज माछापुछ्रे बैंकको ३० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल बैंक, शिखर इन्सुरेन्स नेपाल बङ्लादेश बैंक, प्राईम लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, रहेका छन।

आज सबै भन्दा बढी सिद्दार्थ बैंकका लगानीकर्ताले कमाए। आजको कारोबारमा कमाउनेमा गण्डकी विकास बैंक, किसान माइक्रोफाइनान्स, कालिका विकास बैंक, पोखरा फाइनान्सका लगानीकर्ता रहेका छन। आजको कारोबारमा गुमाउनेमा जलाबिध्युत लगानी तथा विकास बैंक, निर्धन उत्थान बैंक, मिर्मिरे माइक्रोफाइनान्स,  एसियन लाइफ इन्सुरेन्सका लगानीकर्ता रहेका छन।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया