नेप्से क्रितिमानी उचाइमा, झण्डै २ अर्बकाे काराेबार

बिजनेसपाटी 

काठमाडौं ३ श्रावण

आज नेप्से परिसूचक ४० अङ्कले वृद्धि भई १ हजार ७८६ बिन्दुमा पुगेको छ। आज सोमबार कुल १३७ कम्पनीको रु. १ अर्ब ९५ करोड ४१ लाख ७० हजार ७६१ मूल्य बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।नेप्से ४० अङ्कले बढ्याे,  झण्डै २ अर्बकाे काराेबार

आज  साेमबार बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझैँ ३ बजे बन्द भएको हो । बजार बन्द  हुँदा आज कुल २८ लाख ७० हजार ४९७ कित्ता सेयर बिक्री भएको छ।

आज विभिन्न ५  समूहको सेयर उकालो लागेकामा छ भने  ३  वटा समूहको सेयर भने ओरालो लागेको छ। आज सोमबार बैैंकिङ समूह २.५१ प्रतिशत बिन्दुले बढेकाे छ । त्यस्तै, होटल ०.०६, जलविद्युत् ०.५५, बिमा ७.१३ र उत्पादन समूह १.७ प्रतिशत बिन्दुले बढेको छ । विकास बैंक ०.१६, फाइनान्स ०.०३ र अन्य समूहको सुयर १.२९ प्रतिशतले घटेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया