नेप्से परिसूचक १४.४८ अंकले ओरालोतर्फ

काठमाडौं, २९ मंसिर ।

बिहीबार नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको छ। र, १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ ।

कुल २५४ कम्पनीको कारोबार भएकोमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ। यसको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ।

रुरु जलविद्युत परियोजना र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। बाँकी सबैजसोको शेयर मुल्य ओरालो लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया