नेप्से पुन: १८ सय बिन्दु माथि,१० प्रतिशतले बढ्यो ४ कम्पनीको मूल्य
काठमाडौं १८ अशोज
सेयर बजार आज ८ अंकको बृद्धिसहित १८०६ अंक पुगेको छ । तर कारोबार रकम भने आज घटेको छ । आज १३२ कम्पनीका ९२ करोड ८४ लाख रुपैयाँको किनबेच भएको छ । बैंकिङ समूह आज साढे १३ अंकले बढेको छ ।
आजको कारोबारमा बिमा, जलविद्युत,र उत्पादनमूलक समूह घटेको छ । बिमा करिव १९ र उत्पादनमूलक करिव २६ अंकले घटेको छ । आज जलविद्युत करिव २४ अंक ओर्लिएको छ । आज होटल ५९, विकास बैंक करिव पाँच, फाइनान्स साढे चार र अन्य साढे २ अंक बढेका छन् ।
आज बैंक अफ काठमाण्डू लुम्बिनीको २९ करोड ८८ लाखको किनबेच भएको छ भने एभरेष्ट बैंकको १० करोड ३९ लाख रुपैयाँको किनबेच भएको छ ।
आज कालिका माइक्रोक्रेडिटको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । तेस्तै सेवा विकास, कुमारी र ज्योति विकास बैंकक सेयर १० प्रतिशत हाराहारी बढेको छ ।आजको सेयर बजारमा वढि गुमाउनेमा सानिमा माइ, रिलायन्स लोटसलगायत कम्पनी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया