नेबिसंघको अध्यक्ष र महामन्त्रीलाई चुनौती

सागर भटराई

नेपालीको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अहिले इतिहासकै कमजोर र प्रभावहीन संगठनको अवस्थामा पुगेको छ । संगठनको यस्तो अवस्था हुनुको मुख्य कारण संगठनको नेतृत्व तहमा रहेका मुख्यगरी महामन्त्री कुन्दन काफ्ले र अध्यक्ष नैनसिंह महर हुन् । नेविसंघ भित्रका महामन्त्री कुन्दन काफ्ले र अध्यक्ष नैनसिंह महर दुबै नेविसंघका प्राकृतिक शत्रु हुन् । यी दुवै संगठनको हितमा काम गर्नु त परै जाओस् संगठनको बद्नाम गर्न मात्रै तत्लीन छन् । विद्यार्थीका माझ उब्जिएका समस्यासँग परिचित भएर पनि कुनैपनि राम्रो काम नगरी आफनो कार्यकाल लम्ब्याउने अभिष्टतिर मात्र ध्यान छ यिनीहरुको । अहिले त अब खरमा दोरी खेल्न थालेका छन् ।
संगठनको इतिहासमा यी दुई जना यस्ता घृणित पात्र हुन् कि दुबै संगठन भित्र भएको बिबादलाई जस्ताको तस्तै राखी अब फेरि गैर बिध्यार्थीलाई प्रतिनिधि बनाएर आफु र आफ्नो पक्षका व्यक्तिलाई चुनाव जिताउन लागेका छन् । आफु निर्वाचित हुनको लागि कोही अनसनको माध्यमबाट कोटामा प्रतिनिधी बनाई महामन्त्री बने अनि अध्यक्षमा निवार्चित हुनको लागि पुलिसको आडमा गैर विद्यार्थीलाई प्रतिनिधि बनाई राति मत हाल्न लगाएर विजयी भएका घृणित पात्र हुन् यी दुई जना । तर स्मरण होस् विपि कोइरालाले सुन्दरीजल जेलमा बसेर नेबिसंघ सृजना गर्दै गर्दा कनैपनि ठाउँमा अनसर बसेर कोटा खान पाइदैन भनेका थिए । विधि र विधानमा त्यसरी कोटा खान पाइने उल्लेख छैन ।
आज आएर यी दुबै नेताको हैसियत सबैले देख्न पाए । यति मात्र होइन् नेविसंघका तमाम इमान्दार कार्यकर्ताले यी दुईको चरित्र समेत घाम जस्तै र्छल्ङ्ग हुनेगरी देख्न पाएका छन् । आफु बलियो हुनको लागि जे हर्कत गर्न पनि पछि नपर्ने ।
देशमा यति ठुलो राजनीतिक परिर्वतन हँुदा पनि देशकै ठुलो लोकतान्त्रिक पार्टीको भातृ संगठनलाई सहि तरिकाले परिचालन गर्न नस्कनु ठुलो कमजोरी मात्रै भन्दा अन्याय हुन्छ । किनकी यो घृणित कार्य नै हो । नैतिकता हुँदो हो त यी दुई जनाले अहिल्यै राजीनामा दिई सक्नुपर्ने थियो । यी र यस्ता संगठनभित्र पदमा बसेर पदको मान्यता पनि राख्न नसक्ने धृतराष्ट सिङ्गो संगठनको अभिसाप सरह हुन् । यदि अब पनि विवादित जिल्लाको कुरा नमिलाई संगठनको पदाबधि थपिन्छ भने यो नसोच्नु नेपाल बिध्यार्थी संगठनका तमाम इमान्दार सिपाही मौन बस्लान् भनेर । मैले यो कुरा काठमाडौको कुनै पाँचतारे होटलमा बसेर तातो कफी खाँदै आत्मरतिमा रमाउनको लागि मात्र भनेको होइन् । पछिल्लो समयको कुरा गर्दापनि म देशका विभिन्न ५० भन्दावढी जिल्ला पुगेर नेविसंघका तमाम कार्यकर्तासंगको छलफल र अन्र्तक्रिया गरिसकेपछि मेरो अन्र्तआत्माले भनेको कुरा हो यो ।
विगतलाई पनि सोच्ने गर कि हामी पनि तिमीहरूसंगै संगठनमा बस्दै आएका र तिमीहरुले भन्दा संगठनको लागि आवश्यक परेको बेला ज्यानको प्रवाह नगरी संघर्षमा खटिएका जंगे खम्बा हांै । यो पंक्तिकार नेविसंघको साधारण सदस्य हुदै जेलनेल समेत भोगेर, ०६२–०६३को आन्दोलनमा अग्र भुमिका खेलेर यहाँसम्म आइपुगेको पात्र हो । म आज ठोकुवासाथ भन्छु की नेविसंघले ब्रथ डे मनाउने बाहेक केही गर्न सकेको छैन ।
अर्को, तिम्रो बिरासतमा समानान्तर–समानान्तर कमिटी गठन गर्न सक्ने हैसियत हामीसँग पनि छ र राख्छौं । त्यसकारण अब नेविसंघका तमाम इमान्दार र संगठनको लागि मर्न पछि नपर्ने सिपाहीसंग अब धेरै नौट्की हेर्ने र्धैयता छैन् । महामन्त्री कुन्दनको कुरा गर्दा महामन्त्री जस्तो पदमा बसेर पनि गुटगत राजनीति गर्ने एक नमुना पात्र हुन् । अर्को तिरको नमुना पात्र पनि कम छैन् संगठनको नेतृत्व गरेको छ । तर संगठनको संरचना र ढाँचा कस्तो छ ? संगठन कुरा संरचनाबाट संचालन हुन्छ भन्ने सामान्य कुरामा पनि ज्ञान नभएको नमुना पात्र हो नैनसिंह महर ।
अब विगतको तरिकाले संगठन चल्न सक्दैन त्यसैले म खबरदारी गर्न चाहन्छु चान्छु कि हामी पनि देशब्यापी रुपमा संगठित छौ र हामीसंग पनि संगठनको लागि ज्यान दिन तयार हुने नेविसंघका तमाम सिपाही छन् । बेलैमा ध्यान नदिन निकै महंगो सावित हुनेछ । ख्याल गरेस् । जय नेपाल ।।
(प्रस्तुत विचार लेखकका नीजि हुन्–सं )

प्रकाशित मिति २०७४-९-१५

 

फेसबुकबाट तपाईको प्रतिक्रिया