नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रीमा
काठमाडौं२६ भदौ २०७७ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफनो संस्थापक समूहको एक लाख १० हजार कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।
माइक्रोफाइनान्सले बिक्री गर्न लागेको सो शेयर खरिदका लागि असोज २ गतेदेखि कात्तिक ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नेछ । माइक्रोफाइनान्सको सो शेयर खरिदका लागि इच्छुक हाल भएकै संस्थापक वा अरु जो कोही व्यक्ति, कम्पनी, संस्थाहरुले आवेदन दिन सक्नेछन्।
सो शेयरको न्यूनतम मूल्य ७२५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतम शेयर संख्याको लागि माइक्रोफाइनान्सले कुनै हद तोकेको छैन। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया