नेशनल लघुवित्‍तलाई सेयर जारी गर्ने अनुमति

काठमाडौं २७ जेस्ठ ।

नेशनल माइक्रोफाइनान्सलाई ३ लाख कित्ता साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो।   एनआइविएल क्यापिटल मार्केटले यो माइक्रोफाइनान्सको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रुपमा काम गर्नेछ । १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो राष्ट्रिय स्तरको यो माइक्रोफाइनान्सले एक वर्षअघि सञ्चालन अनुमति पाएको हो । यो सस्थामा नेपाल इन्भेष्टमेन्ट बैंकको २५ र कुमारी बैंकको २० प्रतिसत लगानी छ। त्यस्तै विजनेश युनिभर्सल डेभलपमेन्ट बैंकको एक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको ‍२.५, गोर्खाज् फाइनान्स (तत्कालिन काठमाण्डौ फाइनान्स) को ७.५, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २.५ र सिनर्जी फाइनान्सको २.५ प्रतिसत लगानी छ । व्यक्तिगत सस्थापक लगानीकर्ताको ९ प्रतिसत लगानी रहेको छ। सस्थाले ३० प्रतिसत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया