नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस शेयर र नगद दिने
काठमाडौं २२ भदौ।।
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४-७५ को वार्षिक साधारणसभाको तयारी सुरु गरेको छ।
सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७४-७५ नाफाबाट २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ।
२.५ प्रतिशत बोनस शेयर दिएसँगै कम्पनीको चुक्तपुँजी तीन अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ । नगद लाभांश बापत लगानीकर्ताले ३६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले आगामी हुने साधारणसभबाट पारिने गर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया