नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं ५ फागुन २०८१ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । उनले अभिकर्ता संंजालको व्यवसायिकरणलाई सँधै उच्च स्थानमा राख्दै विविध मासिक र बार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराए ।
जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्ष देखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भैरहेको बताउदै उनले एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखि ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको बताए । साथै निरन्तर ५१ दिन सम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया