नेशनल लाईफद्वारा मृतक परिवारलाई २२ लाख दाबी भुक्तानी

हेटाैडा २२ माघ

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी हेटाैडा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेकाे छ । वीमीत जितपुर सिमरा वाडा नं ७ निवासी प्रतिभा सिहंकाे मृत्यु भएपछि मृतकको श्रीमानलाई मृत्यु दावी रकम हस्तान्तरण गरिएकाे छ। मृतकको पति रामप्रताप सिहं राजपुतलाई २२,५६०००/- बाईस लाख छपन्न हजार रूपैया वरावरकाे चेक हस्तान्तरण गरिएको हाे।

उक्त चेक प्रप्त गरिसकेपछी मृतकको पतिले यस रकमलाई छाेरा छाेरीकाे शिक्षामा खर्चिन उक्त रकम ठुलाे राहत भएकाे बताए। एक कार्यक्रमकाे बिच कम्पनीकाे हेटाैडा शाखा प्रमुख मुक्तिनाथ अधिकारीले चेक हस्तान्तरण गर्नु भएकाे थियाे। मृतक प्रतिभा सिहंकाे बिमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बरिस्ठ अभिकर्ता रूपा श्री ढाेडारीले गर्नु भएकाे थियाे । जीवन बिमा सुरक्षीत वचत भएकाेले अनिवार्य बिमा गर्नु आजको आवश्यकता भएकाे र अभिभावक नरहेकाे अवस्थामा पनि बिमितकाे आश्रित परिवारलाई जीवन बिमाकाे दाबि रकमले उनिहरूकाे भविष्य उज्वल वनाउन टेवा पुग्ने कुरा शाखा प्रमुख मुक्तिनाथ अधिकारीले वताउनु भयाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया