नेशनल लाईफ इन्स्योरेन्सले विविध कार्यक्रम गरी मनायो ३५ औं वार्षिक उत्सव

काठमाण्डौ ११ फागुन २०७८ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलिले मंगलबार ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीयकार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ । जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम समेत सम्पन्न गरेको छ । यसैगरी कर्मचारीहरु मझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुनेगरी कुनै पनि कार्यक्रम गरिएन ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको जनाएको छ । कम्पनीको जीवनबीमा कोषमारु.५० अरबको हाराहरीमा रकम जम्मा भएको बताएको छ । कम्पनीले चुक्तापूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्मदिएको सहर्ष जानकारी गराउछौं ।कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया