नेशनल लाईफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

काठमाडौं १० फागुन २०७९-नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३५औं वर्ष पुरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीले आफ्नो ३६औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरेको छ ।यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।नेपालको अग्रण ीजीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनील ेआर्थिक वर्ष २०७७÷०७८ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १५प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा रु.५६ अरबको हाराहरीमा रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ ।आ.व.२०७७÷०७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म प्रदान गरेको छ ।कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालद गंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । ११७ शाखा कार्यालय संख्यार ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढि अभिकर्ता कार्यरत रहेका दछन् ।कम्पनीले स्थापना काल देखि २०७९ साल पौष मसान्त सम्म कूल बीमा शुल्क आम्दानी रु.८५ अरब १ करोड आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमा लेख जारी गरेको छ र कूल रु.२९ अरब ६० करोड बराबर बीमा दावी भुक्तानी गरेको छ ।यस शुभअवसरमा कम्पनीले ब्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया