नेशनल लाईफ इन्स्योरेन्स क.लि.द्धारा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं २७ चैत्र
रामप्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्स क.लि.को सहप्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.वि.को भवनमा २५ देखि २६ गते दुईदिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भै सम्पन्न भयो । उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा.ली, तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल प्रा.ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा.लिका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । ७ वटा विशेषज्ञ विधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आँखा तर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रिया तर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमा सो मध्ये ३९४ जनाको अल्ट्रासाउण्ड, १०१ जनाको ल्याव परिक्षण, ३१ जनाको मोतिविन्दु अप्रेशन, ५३ जनाको दाँत हालेको, १०८ जनाको दाँत निकालेको बताइएका छन् । सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत वितरण गरिएको थियो । यस रामप्रसाद स्मृती प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन, गरिव तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया