नेशनल लाईफ इन्स्योरेन्सको अभिकर्ता क्षमता अभिवृद्धि तालिम

काठमाडौं १० चैत्र ÷ विजनेसपाटी
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा ‘‘जिवन बिमा आजको आवश्यकता’’ भन्नु मूल नाराकासाथ हेटौडास्थित होटल सामनामा १० शाखाका अभिकर्ताहरूलाई अभिकर्ता क्षमता अभिवृद्धि तालिम चैत्र ९ गते सञ्चालन गरेको छ । कम्पनीका बैंक इन्स्योरेन्स प्रमुख विवेक शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिमाको आवश्यकता र औचित्यको बारेमा बोल्नु भएको थियो । त्यसैगरी अतिथि राष्ट्रिय टे«नर वि.पि.रेग्मी, एजेन्सी प्रमुख सुशील प्रताप राणा, हेटौडा शाखा प्रमुख नवराज अधिकारीको सहभागीता रहेको थियो ।
उक्त अभिकर्ता तालिमा कार्यक्रममा बिमाको जानकारी विवेक शर्माले गर्नु भएको थियो भने प्रशिक्षण नेशनल टे«नर वि.पि. रेग्मीले गर्नु भएको थियो । २५० जना अभिकर्ता उपस्थित रहेको उक्त कार्यक्रमको सञ्चालन मुक्तिनाथ अधिकारीले गर्नु भएको थियो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देश भरिका १०१ शाखा मार्फत बिमा सुविधा दिईरहेको छ । भने बिमा फागुन १० देखि कम्पनीले ३२ औं वर्षमा प्रवेश गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया