नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुल्यो

काठमाण्डौं ११ फागुन २०७८ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणमा प्राथमिक सेयर (आइपिओ) निष्काशनमा ल्याएको छ।लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।लघुवित्तको आइपिओमा फागुन ११ गतेदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ।आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया