नोट छपाइमा दोहोरो नीति

काठमाडौं–२६ असार

एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाई प्रक्रिया अघि बढाएको छ ।

तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । हजार दरको नोट छपाईका लागि भर्खरै बोलकबोल आह्वान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ ।

राष्ट्र बैंकले २० करोड थान १ हजाको नोट छपाइ प्रक्रियामा जानु पहिले नै विभिन्न उजुरीहरु परेका कारण नयाँ सुरक्षा ट्रेडमार्क नराखी पुरानै व्यवस्थाअनुसार छपाइ प्रक्रिया अघि बढाएको हो । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया