नौली याम्फूको “हुइ हुर्र हा साइला….” युटुबमा (भिडियो सहित)
काठमाडौं-१८ फागुन
गायिका नौली याम्फूको “हुइ हुर्र हा साइला…” बोलको गीत सार्वजनिक भएको छ । याम्फूले आफ्नै युट्युब च्यानल मार्फत मंगलबार गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
पुर्वेली लयको उक्त गीत डि.बी. कुलुङ र दिपेन्द्र याम्फूले लेखेका हुन् भने लय संकलन दिपेन्द्र याम्फूको रहेको छ । बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको उक्त गीतको रेकर्डिङ रजय गुरुङ (Music Nepal) ले गरेका हुन् भने संखुवासभा जिल्लाको उत्तरी भेगमा गइ विभिन्न स्थानहरुलाई क्यामेरामा पत्रकार ध्यान कुलुङले उतारेका हुन् भने स्टुडियोमा विशाल राईले खिचेका हुन् । भिडियोको सम्पादन विशाल राईले गरेका हुन् ।
मकालु हिमालको काखमा रहेपनि हरेक दृष्टिले ओझेलमा परेको पुर्वी नेपाल संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी उत्तर ठाउँ परिवेशलाई यस गीतमा समेट्ने प्रयास गरिएको छ । यहाँको पर्यटकीय क्षेत्र, प्रशिद्ध धार्मिक स्थल खेम्पालुङ-शिव धारा, जडीबुटी, खानपान लगायतका विषयलाई उठान गर्दै माया पिरतीसँग जोडेर बनाइएको यस गीतलाई श्रोताले मन पराउने आशा गायिका याम्फूले गरेका छन् ।
गायिका याम्फूले यसअघि विभिन्न एल्बमहरुमा दर्जन बढी गीतमा स्वर दिइसकेका छन् । यस बीचमा पारिवारीक व्यवस्थापनमा लाग्नुपरेकोले संगीतमा समय दिन नसकेपनि अब निरन्तर यस क्षेत्रमा लागि पर्ने उहाँको भनाई छ । उनले यसअघि पनि “आँशुले भिजेको मेरो प्रेम…” बोलको आधुनिक गीत बजारमा ल्याइसकेका छन् । संखुवासभा जिल्लाको साविक पाथिभरा-४, जमुनीमा जन्मिएर हाल काठमाडौंमा रहेका गायिका याम्फूलाई २०६४ सालमा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा आयोजित कृषि तथा औद्योगिक प्रदर्शनीमा गायन कलाको कदर गर्दै अभिनन्दन गरिएको थियो । उक्त कार्यक्रमा उनलाई “मकालुकी छोरी गुँरासभित्रकी सुन्दरी” उपनाम दिइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया