न्युजिल्यान्डका लागि पर्यटन दूतमा बुद्धिसागर नियुक्त

बेसीसहर २८ श्रावण 

लमजुङ सदरमुकाम बेसीसहरका युवा बुद्धिसागर घिमिरे न्युजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन्।

नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो। उनी ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म दुई वर्ष दूतका रुपमा रहनेछन्। त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गरिसकेका छन्। गैरआवासीय नेपाली सङ्घ न्युजिल्यान्डको कार्यसमितिमा दुई कार्यकाल काम गरेका घिमिरेसँग नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाली नाइट लगायतका विभिन्न कल्चरल इभेन्ट आयोजनाको अनुभव छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया