पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५० जनामा संक्रमण पुष्टि

काठमाडौ २६ बैशाख २०७८ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया