पञ्चकन्या माई हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति

 काठमाडौँ ७ मंसिर

नेपाल धितोपत्र बोर्डबाट पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आइपियो निष्काशनको अनुमति पाएको छ । मंगलबार कम्पनीलाई  आयोजना प्रभावित स्थानीयहरुलाई  एक सय रुपैयाँ दरको ११ लाख कित्ता साधारण सेयर जारी गर्न बोर्डले अनुमति दिएको हो ।

अहिले स्थानीयलाई १० प्रतिशत शेयर बिक्रि गरेपछि कम्पनीले दोस्रो चरणमा सर्बसाधारणको लागि साधारण सेयर साधारणमा बिक्रि गर्नेछ । साधारण सेयर जारी गर्नका लागि कम्पनीले सनराइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा बिक्री प्रबन्धक चयन गरेको छ  ।  हाइड्रोले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई हाइड्रापावर आयोजना सञ्चालनमा गरिरहेको छ । त्यस्तै ६ दशमलव १ मेगावाटको कास्केड आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया