पटुकी नकसेपछि सुनिताको साडी चिप्लियो (भिडियो सहित)

बिजनेसपाटी १७ श्रावण ।

चर्चित लोकगाइका सुनिता गुरुङ ‘पटुकी कस्ने जमाना गयो’ भन्दै नाच्न थालेपछि चिप्लो साडी लर्किन थालेको छ । पछ्यौरी विनानै नाच्न गाउनमै मस्त देखिएपछि भदौरे घामले पोलेको महसुस भएको छ । तर यो कुनै घटना नभएर गीति कथा हो । एकनारायण भण्डारीको सृजनामा बजारमा आएको गीतमा सुनिता गुरुङ र मौसम गुरुङको स्वर रहेको छ । विजय थापाको निर्देशन रहेको गीतको भिडियोमा सुनिता र विजयको अभिनय रहेको छ । गीतमा मौसम गुरुङ सुनिताको जवानी देखेर लोभिएका छन् । त्यसकारण सुनिताको वयानमा तल्लिन देखिएका छन् ।

तिजको लहर एल्बममा समाबेश गीतलाई निर्भला कला केन्द्रले बजारमा व्यवस्थापन गरेको छ ।

त्यस्तै, सोहि एल्बममा राजकुमार रायमाझीको सृजनामा ‘माईती घरको सम्झना’ बोलको गीत पनि समाबेश गरिएको छ । रायमाझी र सुनिताको स्वर रहेको गीतको भिडियोमा विजय र सुनिताले अभिनय गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया